तेह्रथुममा स्थानीय निर्वाचनका लागि पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धन

चैत्र १६, २०७८

आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि तेह्रथुममा पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धन हुने भएको छ । जिल्लामा क्रियाशील रहेको नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीको गठबन्धन भएको संयुक्त प्रेस विज्ञप्ति मार्फत मङ्गलवार सार्वजनिक गरेका हुन् ।


केन्द्रमा गठबन्धन सहमति नभए पनि आफूहरू जिल्लामा गठबन्धन गरेर चुनावी मैदानमा उत्रने गठबन्धनका नेताहरूको भनाइ छ । यसअघिको निर्वाचनमा ६ स्थानीय तहमध्ये ५ वटामा एमालेले जितेको थियो । एमालेको पकड भएको अधिकांश स्थानमा गठबन्धन आबद्ध दलको साझा उम्मेदवारी रहने भएको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP