उद्घाटन, शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि चितवन गएका छन् ।
उनी राप्ती नगरपालिकामा हर्दी विद्युत् सबस्टेशनको उद्घाटन, भरतपुर–२२ धनौजीमा कभर्डहल उद्घाटन, भरतपुर महानगर रिङरोडको पश्चिम खण्ड शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुनेछन् ।
एक हप्ता अगाडि मात्रै पनि उनी गृह जिल्ला चितवनका विभिन्न कार्यक्रममा सहभागी भएर फर्किएका थिए । स्थानीय तह निर्वाचन नजिकिएपछि प्रचण्ड अहिले देश दौडाहामा व्यस्त छन् ।
Copyright © 2022, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP