रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाडौँस्थित रुसी दूतावास अगाडि प्रदर्शन

चैत्र १५, २०७८

युद्ध र आणविक अस्त्र विरुद्ध २५ वर्षदेखि अभियानरत स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाडौँस्थित रुसी दूतावास अगाडि प्रदर्शन गरेको छ ।


२०७८ चैत १५ गते ९२९ मार्च २०२२० सम्पन्न प्रदर्शनमा रुसी आक्रमणका कारण बालबालिका र महिलासहित हजारौँ निहत्था मानिसको हत्या र अस्पताल एवं शैक्षिक प्रतिष्ठानहरूमाथिको आक्रमण मानवता विरुद्धको अपराध भएको भन्दै शान्तिवादीहरूले रुसलाई तत्काल युक्रेनबाट सैनिक फिर्ता गरी युद्ध रोक्न आह्वान गरेका थिए ।


प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकार होमकान्त चौलागाई, सल्लाहकार उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेल, सचिव रामप्रसाद जोशी, सचिव नम्रता खरेल, सदस्यता अपिल समिति संयोजक बलबहादुर गाहा मगर, कोषाध्यक्ष जगन्नाथ पुडासैनी लगायतको सहभागिता थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP