जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरे देखि नै असन्तुष्ट रहेका अभिनेता पल शाह पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् ।
नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत जान लागेका हुन् ।
पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिन जाने कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए ।
पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखेपनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिन लागेको उनको भनाइ छ । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै प्रहरी हिरासतमा रहेका पललाई जिल्ला कारागार तनहुँमा राखिएको छ ।
पल जिल्ला कारागार तनहुँको बी ब्लकमा छन् । उनीसँगै बी ब्लकमा १४० जना कैदीबन्दी छन् । बी ब्लक ८० जना क्षमताको हो । तनहुँ कारागारमा १३ जना महिला कैदीबन्दी सहित कुल २ सय ५८ जना छन् ।-khabarhub
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP