डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

चैत्र १५, २०७८

डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोखरीको तिनट्टेमा मंगलबार बिहान ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।  से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गौरीगंगा नगरपालिका-४  कैलाली घर भएका चालक ज्ञानबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा अर्का एकजना घाइते भएका छन्।

घाइते चौरापाटी गाउँपालिका–३ अछाम घर भएका नरबहादुर भुललाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउँदै गरेको छ।  ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP