रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलवार बिहान १०:३० बजे इस्तानबुलमा आमनेसामने वार्ता सुरु गरेको टर्की समाचार एजेन्सीले जनाएको छ ।
दुवै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गरेका थिए । स्वागत गर्दै राष्ट्रपति एर्डोगानले दुवै पक्षलाई युक्रेनमा गत फेब्रुअरी २६ मा रुसको आक्रमणबाट उत्पन्न यस त्रासदीको अन्त्य गर्न आग्रह गरेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP