सुनको भाउमा प्रति तोला १३ सयले गिरावट

चैत्र १५, २०७८

सुनको भाउ आज १३ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९९ हजार २ सय रुपैयाँमा झरेको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।


रुस र युक्रेनबिच युद्ध सुरु भएपछि गएको फागुन २५ गते सुनको भाउ अहिलेसम्मकै सबैभन्दा धेरै एक लाख ५ हजार पाँच सय रुपैयाँमा पुगेको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP