झापामा भएको सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

चैत्र १५, २०७८

झापाको बुद्धशान्ति गाउँपालिका १ स्थित पुलचोकमा गए राति भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत सो सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको ना ३ ख ५४६२ नम्बरको ट्रकमा सोही दिशाबाट जाँदै गरेको नम्बर प्लेट नभएको क्रस फायर मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बुद्धशान्ति ४ का २५ वर्षीय अञ्जन फागोको मृत्यु भएको हो ।


ट्रकलाई ओभरटेक  गर्ने क्रममा ट्रकको पछाडिको चक्कामा परेर मोटरसाइकल  दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । सो क्रममा गम्भीर घाइते भएका फागोको बीएण्डसी हस्पिटलमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP