सुनसरीस्थित इटहरीमा बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । इटहरी २ नवजागृति टोलमा डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङ ५ ढोडेनीका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन् । थापाको डेरा भित्रै गए राति साढे १० मा बम विस्फोट भएको प्रहरीले जनाएको छ । घाइते थापाको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ भने अर्का गुरुङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
थापाको डेरामा गुरुङ १५ दिन अघि आएका थिए । उनले ल्याएको झोला उक्त विस्फोटक पदार्थ रहेको प्रहरीको अनुमान छ । विस्फोट कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घटनास्थलबाट प्रहरी हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद गरेको छ । डेरामा बरामद भएको हिमाल सुरक्षा परिषद्को पर्चा भर्खरै सशस्त्र युद्धको घोषणा गरेको सङ्गठन हो । फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो ।
सङ्घीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दु राष्ट्रिय कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका मागहरू यो सङ्गठनले राख्दै आएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP