पाथीभरा मन्दिरमा दर्शनका क्रममा इटहरीका एक जना पुरुषको मृत्यु

चैत्र १४, २०७८

ताप्लेजुङस्थित पाथीभरा दर्शनका क्रममा सुनसरीको इटहरी नगरपालिका–९ का खिनबहादुर ढुङ्गानाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार ६० वर्षीय ढुङ्गाना मन्दिर परिक्रमा गर्ने क्रममा ढलेका थिए । 


प्राथमिक उपचार केन्द्र माथिल्लो फेदीबाट गएका स्वास्थ्यकर्मी उमानाथ पौडेलका अनुसार ढुङ्गानालाई प्रारम्भिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको र उनको शव शव गृहमा राखिएको अधिकारीले बताए ।


३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा उकालो जाने क्रममा लेक लागेको हुनसक्ने चिकित्सकको अनुमान छ । ढुङ्गाना परिवारसहित पाथीभरा दर्शनमा आएका थिए । आइतबार माथिल्लो फेदीमा बसेर सोमबार बिहान उनी मन्दिर दर्शनका लागि गएका थिए । 
-ईकान्तिपुर

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP