उदयपुरमा सवारी दुर्घटना हुँदा १ को मृत्यु, १३ घाइते

चैत्र १४, २०७८

उदयपुरको कटारी नगरपालिका-११ हर्देनी स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चालक सहित १३ घाइते भएका छन् ।


हिजो दिउँसो २ बजे ओखलढुङ्गाबाट उदयपुरको कटारी तर्फ आउँदै गरेको प्रदेश १-०७-००१ज ००११ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरी दुर्घटना हुँदा गाडीमा सवार चालक सहित १४ जना घाइते भएका हुन् ।

घाइतेहरूलाई उपचारको लागि विभिन्न अस्पतालहरूमा पठाइएकोमा ओखलढुङ्गा सुनकोसी गाउँपालिका-४ का ५४ वर्षीय खेम बहादुर कार्कीको वीर अस्पताल काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको हो ।


ओखलढुङ्गा मोलुङ-२ का २४ वर्षीय एकराज दाहाल र ३० बर्सिया पार्वत पोखरेलको विराटनगर नोबेल अस्पतालमा उपचार भइरहेको छ भने कटारी अस्पतालमा उपचारार्थ रहेका १० जना घाइतेहरू उपचार पश्चात् डिस्चार्ज भइसकेका छन् ।


गाडी चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१ का २४ वर्षीय सञ्जीव घिमिरेलाई सामान्य उपचार पश्चात् इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ  ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP