कैलालीको छुट्टाछुट्टै स्थानमा दुई बालिका बलात्कार गरेको आरोपमा दुई जना वृद्ध पक्राउ परेका छन् । चुरे गाउँपालिका र घोडाघोडी नगरपालिकामा दुई जना ११/११ बर्सिया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना वृद्धलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।
चुरे गाउँपालिकाकी ११ बर्सिया बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षीय तिलक शाहलाई पक्राउ गरिएको हो । शनिवार जङ्गलमा गोठालो गएका बेला शाहले बालिकालाई करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताएका हुन् । शाहलाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर अनुसन्धान भइरहेको जोशीको भनाइ छ ।
यस्तै, घोडाघोडी नगरपालिकामा पनि ११ वर्षकै बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।
बालिका बलात्कार गरेको आरोपमा कल्लुु दमाई लाई पक्राउ गरिएको हो । घटना ४/५ दिन अगाडिको भए पनि आइतबार मात्र इलाका प्रहरी कार्यालयमा खबर प्राप्त भएपछि दमाई लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मणबहादुर शाहीले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी ले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP