उदयपुरमा आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ । आइतबार उदयपुरगढी गाउँपालिका-१ सिखरपुरस्थित गौरबहादुर मगरको घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् । आगलागी हुँदा गौरबहादुरकी ६६ वर्षीय अपाङ्ग श्रीमती शिवमाया मगरको जलेर मृत्यु भएको हो ।
अपराह्न ४ बजेदेखि लागेको आगो प्रहरी र स्थानीयवासीको सहयोगमा राति साढे ८ बजे नियन्त्रणमा लिइएको थियो । प्रहरीका अनुसार आगलागीबाट जम्मा एक करोड २१ लाख बराबरको क्षति भएको छ । आठ घर जलेका छन् भने चौपाया बाख्रा पाठा ५१ वटा मरेका छन् । चार वटा सुँगुर पनि जलेर मरेको कार्यालयले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP