झन्डै ६ करोडको लागतमा टावर निर्माण

चैत्र १४, २०७८

रोल्पामा झन्डै ६ करोड लगानीमा टावर निर्माण गरिएको छ । रोल्पा नगरपालिकाको लगानीमा वडा नम्बर ३ सातदोबाटोको डाँडोमा टावर निर्माण गरिएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हेलिकोप्टर चढेर यो टावर उद्घाटन गर्ने रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले बताएका हुन् । 


२०७६ भदौ ७ गते तत्कालीन अर्थमन्त्री बर्षमान पुनले टावरको शिलान्यास गरेका थिए । ‘जनयुद्ध’ स्मृति टावर निर्माण गर्न पाँच करोड ७१ लाखमा टेन्डर आह्वान भएको मेयर केसीले बताए । नगरपालिकाको लगानीमा निर्माण भएको टावरको अगाडि ०५२ फागुन १ गते ‘जनयुद्ध’ सुरु हुँदा सार्वजनिक पहिलो पोस्टर वाट दुई वटा सालिक निर्माण गरिएका छन् । रोल्पाभर सहादत प्राप्त गरेका ७६२ र राज्य पक्षबाट बेपत्ता पारिएका थप १६५ गरी कूल ९४६ जनाको स्मृतिमा टावर नजिकै अर्को सालिक निर्माण उनले बताए ।


‘रोल्पा जनयुद्धको उद्गम स्थल हो र जनयुद्ध स्मृति टावरले युद्ध पर्यटनको विकासमा मद्दत गर्न सक्छ भन्ने हाम्रो बुझाइ छ,’ मेयर केसीले भने । पहाडको डाँडोमा किन टावर चाहियो भनेर आलोचना हुने गरेको प्रश्नमा उनले भने, ‘यो टावर नगरपालिकाको आयआर्जनको माध्यम बन्न सक्छ । मासिक दुई लाख आउने गरी टेन्डर आह्वान गरेर व्यवस्थापन गर्न लागिएको छ ।’

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP