चाँदीका गहना लुटपाटको आरोपमा इटहरीका बादल सहित ४ जना पक्राउ

चैत्र १३, २०७८

मोरङको बेलवारी नगरपालिका-४ को बेतना सिमसार क्षेत्रमा गत ८ गते  चाँदीको गर-गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दमक नगरपालिका-३ का २५ बर्षीय सबिन बिश्वकर्मा, बर्दिबास नगरपालिका-१ का ३४ बर्षीय मनोज ठाकुर, रौतामाई गाउँपालिका-६ उदयपुरका २४ बर्षीय बिशाल बि.क. र इटहरी-५ का २४ बर्षीय बादल बि.क. रहेका छन् ।

पक्राउ परेको यो समुहले चैत्र ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर-गहना लुटपाट गरेको थियो ।

यसरी दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको सूचना प्राप्त भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले लुटपाटमा संग्लग्न मध्ये ४ जनालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको हो ।

घटनामा संग्लग्न अर्का एक जना फरार रहेको र उनको समेत खोजतलास भईरहेको तथा पक्राउ परेका ब्यक्तिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP