इटहरीमा “क्यापिएँन सी क्याप” नामक कार्यक्रम सञ्चालनमा

चैत्र १३, २०७८

इटहरीमा कल्प नामक एक समूहले क्यापिएँन सी क्याप कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । क्यापिएँन सी क्याप भन्नाले (क्यापीङ् सर्भिकल क्यान्सर अवारनेस प्रोग्राम) अर्थात् महिलाको पाठेघरमा हुने क्यान्सर सम्बन्धी सचेतना मूलक कार्यक्रम हो ।


यसको उद्देश्य नेपालमा महिलाको पाठेघरमा हुने क्यान्सरलाई न्यूनीकरण गर्नु रहेको छ । यस कार्यक्रम अन्तर्गत इटहरीका ६० वटा बस्तीमा रहेका ५००० महिला तथा ५० शैक्षिक संस्थाहरूमा सचेतना कार्यक्रम सञ्चालन गरिने भएको छ । 


कल्प नामक समूहले नेतृत्व गरेको यस अभियान एक स्वतन्त्र अभियान हो । इटहरीलाई केन्द्रित गरेर अगाडी बढेको यस अभियान सिङ्गो देशमा आयोजना हुने गरी अघि बढाउने उद्देश्य रहेको कार्यक्रम सञ्चालकले बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP