बीआरआई अन्तर्गतका परियोजना छिटो अघि बढाउन चिनियाँ विदेश मन्त्रीलाई ओलीको आग्रह

चैत्र १३, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई) अन्तर्गतका परियोजनाहरू यथाशक्य छिटो अघि बढाउन चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीसँग आग्रह गरेका छन् । 


नक्सालस्थित होटेल म्यारिएटमा भएको भेटमा अध्यक्ष ओलीले परियोजनाहरूलाई चाँडो अघि बढाउन आवश्यक रहेको बताएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताए ।


‘दुई पक्षीय मामिलाका सबै विषयमा कुराकानी भए । नेपाल र चीनबिच समझदारीको विषयमाथि छलफल भए‚’ एमाले विदेश विभागका प्रमुख भट्टराईले भने, ‘बीआरआई अन्तर्गतका योजनाहरू अघि बढाउन र गति दिनका लागि हाम्रो जोड रह्यो ।’ 


-ईकान्तिपुर

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP