इटहरीमा पानीमा डुबेर एक बालकको मृत्यु

चैत्र १३, २०७८

सुनसरीको इटहरी-१५ आवाधी मधेसा स्थितमा रहेको पोखरीमा डुबेर बालकको मृत्यु भएको छ ।

अन्य बालकहरुसंगै खेल्दै घर नजिकै रहेको पोखरीमा पुगेका स्थानीय बच्चु चौधरीका ५ बर्षीय छोरा रोहित चौधरी अचानक पोखरीमा डुबेको भन्ने खबर प्राप्त भएसंगै तत्काल उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरी ईनरुवाट प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP