सुनसरीकाे इटहरीमा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता २०७८ संचालन हुने भएकाे छ ।
राष्ट्रिय जागृती क्लबको आयाेजनामा चैत १९ गतेदेखि २६ गतेसम्म उक्त प्रतियाेगिता सञ्चालन हुने भएकाे हाे ।
आइतबार इटहरी स्थित हाेटल त्रियुगामा पत्रकार सम्मेलन गरेर प्रतियाेगिताबारे जानकारी दिइएकाे छ ।
उक्त प्रतियाेगीतामा मनाङ मर्स्याङ्दि क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, झापा ११, मोरङ ११, राष्ट्रीय जागृती क्लब इटहरी (आयोजक) न्यूरोड टिम काठमाडौं, एभिनियर फुटबल क्लब क्यामरुन, कन्चनजंगा फुटबल क्लब भारत गरेर ८ वटा टिम सहभागी हुने राष्ट्रीय जागृती क्लबका अध्यक्ष बासुदेव श्रेष्ठले बताए ।
कुल ५४ लाख १५ हजार रुपैयाँ लागत लाग्ने अनुमान गरिएको प्रतियोगिताको बिजेताले सात लाख पाउनेछन् भने उपबिजेताले तीन लाख पचास हजार पुरस्कार पाउने छ ।
उक्त प्रतियाेगीता अवधिभर प्रत्येक म्याचमा म्यान अफ् द म्याच छानिने र १० हजार रूपैया पुरस्कार प्रदान गरीने र आयाेजकले बताए । साथै उत्कृष्ट खेलाडीलाई यमाहा फ्यासिनाेकाे स्कुटर प्रदान गरीने र उदयमान खेलाडीलाई ४० इन्चकाे एलइडी टिभी समेत प्रदान गरिने आयाेजकले बताए ।
फुटबल खेलप्रति गहिरो अभिरुची राख्ने र इटहरी उप-महानगरपालिकालाई फूटबल खेलको उर्वरभूमि बनाउने लक्ष्य लिएकाे राष्ट्रीय जागृती क्लबले गत बर्षहरुमा समेत इटहरीमा दानबहादुर गोल्डकप, इटहरी गोल्डकप, मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप संचालन गर्दै आएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP