झापाको हाल्दिबारी गाउँपालिका-१ गोलधाप स्थित चिल्ड्रेन्स गार्डेन एकेडेमीमा अध्ययनरत १३ बर्सिया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्ने बिर्तामोड नगरपालिका-१० निवासी ५० वर्षीय शिक्षक श्रीप्रसाद सिवाकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
छात्रालाई गत शुक्रवार दिउँसो विद्यालय भित्रै शिक्षक सिवाकोटीले यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेको छ । परीक्षा सकेर घर जाँदै गरेकी छात्रालाई शिक्षक सिवाकोटीले यौनजन्य दुर्व्यवहार गरेका थिए । पीडित छात्राले विद्यालयका अन्य शिक्षक सहित अभिभावकलाई यौन दुर्व्यवहारमा परेको भन्दै तत्काल जानकारी गराएकी हुन् ।
आक्रोशित स्थानीयको भिडले विद्यालयको मे १ क ७८७ नम्बरको स्कुल बस तोडफोड गरेका छन् । घटना बुझेपछि प्रहरीले शिक्षक सिवाकोटीलाई शुक्रवार बेलुका घरबाटै पक्राउ गरेको छ । उनलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ ।
पीडित बालिकाको परिवारजनबाट किटानी जाहेरी परेपछि मात्र घटनाको विषयमा थप जानकारी गराउने प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् । कारबाहीको प्रक्रिया अगि बढाई सकेको डिएसपीले जानकारी दिएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP