जुम्लामा लागुऔषध ‘ब्राउन सुगर’ सहित एक जनालाई पक्राउ गरिएको छ। चन्दननाथ नगरपालिका–२ बस्ने १८ वर्षका धर्मेन्द्र भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
प्रहरीका अनुसार लागुऔषध ‘ब्राउन सुगर’ कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो। धर्मेन्द्र भण्डारीको शरीर र घरमा तलासी गर्दा दोस्रो तलामा रहेको दक्षिण, पश्चिमतर्फको भण्डारी सुत्ने कोठामा लागुऔषध ‘ब्राउन सुगर’ भेटिएको हो।
प्रहरी निरीक्षक युवन चौधरीका अनुसार भण्डारी सुत्ने कोठाभित्र प्रवेश गर्दा उत्तरतर्फको भित्तामा काठको र्याकमा राखिएको किताबको गाताभित्र सेतो रङको प्लास्टिकको टुक्रामा बेरी पुरिया बनाइराखेको अवस्थामा फेला पारिएको हो।
लागुऔषध ‘ब्राउन सुगर’ जस्तो देखिने खैरो रङ्गको धुलो पदार्थ फेला पारेको उनले बताए।
‘ब्राउन सुगर’सहित पक्राउ परेका भण्डारीलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP