मोरङको लेटाङमा एक विद्यालयमा शिक्षकले एक छात्रा माथि गरेको दुर्व्यवहार पछि भएको झडपमा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो ।
त्यस पछि हिजो मात्रै लेटाङ नगरपालिका-६ की एक किशोरीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी थिइन भने आज पुन लेटाङमा एक जनाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
लेटाङ १ लोखराका अन्दाजी ४० वर्षीय शुक्र मगरको स्थानीय चिसाङ खोलाको लोखरा पैनी मुहानमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमनराज अर्यालले जानकारी दिए ।
मृतकको शव पोस्टमार्टमका लागि मङ्गलवारे अस्पताल उर्लाबारी पठाइएको लेटाङ प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP