नेपाल प्रहरीमा तल्लो तहमा ३ पद थप्ने निर्णय 

चैत्र ११, २०७८


नेपाल प्रहरीमा तल्लो तहमा ३ पद थप्ने निर्णय कार्यान्वयनमा आएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ एकै पटक ३ हजार १ सय १६ प्रहरीको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ । मन्त्रिपरिषद्ले प्रहरी नियमावली–२०७१ लाई संशोधन गरेर तल्लो तहमा ३ पद थप्ने निर्णय गरेको थियो । विधेयक समितिमा लामो छलफलपछि मन्त्रिपरिषद्ले प्रहरी नियमावली–०७१ लाई संशोधन गरेर सानो दर्जामा वरिष्ठ हवल्दार, सहायक हवल्दार र वरिष्ठ प्रहरी नायव निरीक्षक पद थप्ने निर्णय गरेको थियो ।


मन्त्रिपरिषद्ले ‘ज्येष्ठता’लाई बढुवाको मुख्य आधार बनाउने गरी नियमावली संशोधन गरेको छ । बिहीबार १ सय ९१ जना नायव निरीक्षक (सई)लाई वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)मा बढुवा गर्न सिफारिस गरिएको छ । ज्येष्ठताका आधारमा वरिष्ठ सईमा १ हजार १ सय ७१ जनालाई बढुवा गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिहीबार बढुवा सिफारिस गरिएकाहरू पहिलो सूचीका हुन् ।


वरिष्ठ सईमा बढुवा सिफारिस सूची


प्रहरी प्रधान कार्यालयले हवल्दार पदमा कार्यरत ११७३ जनालाई वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । वरिष्ठ हवल्दारमा ज्येष्ठता कायम हुने गरी पहिलो सूचीमा १ हजार १ सय ७३ जनालाई बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । वरिष्ठ हवल्दार पदमा ३ हजार ३८३ पद स्वीकृत भएको छ । -रातोपार्टी

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP