बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा एक जनाले धारिलो हतियारको प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् ।उदयपुर घर भई चुनिखेलमा बस्दै आएका २१ वर्षीय भक्तबहादुर थापाले श्रीमती २४ वर्षीय लक्ष्मी तामाङ (थापा) को हत्या गरेका हुन् । महानगरीय प्रहरी परिसर, काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार श्रीमानले श्रीमतीलाई धारिलो हतियारको प्रयोगले हत्या गरेका हुन् ।
बिहीबार राति पौने १२ बजे सामान्य घरायसी विवादमा घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई तत्काल उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटना लगत्तै फरार रहेका भक्तलाई पक्राउ गरेर महानगरीय प्रहरी, बुढानीलकण्ठमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP