झापाको मेचीनगर नगरपालिका-१० बाट लागुऔषध सहित आमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानकी ४५ बर्सिया मैनी खातुन र छोरा २५ वर्षीय मेबुव आलम रहेका छन् ।
गत बुधवार बेलुका ८ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले खातुनको घरमा चेक जाँच गर्दा ९ ग्राम ३२ मिलिग्राम ब्राउन सुगर, २४ ग्राम गाँजा, डिजिटल तराजु १ थान, नगद ९ हजार ५ सय साठी रुपैयाँ र विभिन्न कम्पनीका मोबाइल ९ थान बरामद गरेको प्रहरीले बताएको छ ।
प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका आमा छोराको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP