आज सुनको मूल्य ६०० रुपैयाँले बढ्यो

चैत्र ११, २०७८

आज शुक्रवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो बिहीबार को तुलनामा आज शुक्रवार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । हिजो बिहीबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रवार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 


महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख हजार ४०० रुपैयाँ रहेको छ । 


यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो बिहीबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रवार २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा  कारोबार हुने महासङ्घले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP