विश्व बैङ्कले नेपालका लागी करिब १८ अर्ब रुपैयाँ ऋण स्वीकृत गर्‍यो

चैत्र ११, २०७८

विश्व बैङ्कले नेपालका लागि थप १५ करोड अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको छ । नेपालमा वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधान विविधीकरण गर्न र वित्तीय सेवाहरूमा पहुँच पुर्‍याई हरित, लचिलो र समावेशी विकास निम्ति ‘वृद्धिको लागि वित्त’ शीर्षकमा सो विकास नीति ऋण स्वीकृत गरेको विश्व बैङ्कले जानकारी दिएको छ ।


पुँजी, बिमा र प्रकोप जोखिम वित्तीय बजारहरू खोल्न मद्दत गर्ने पनि बैङ्कले जनाएको छ । यसले बाह्य व्यावसायिक उधारोमा पहुँच, वित्तीय डिजिटलाइजेसन र महिलाहरूको लागि वित्तीय साक्षरताको माध्यमबाट तरलता र समावेशिता बढाउने पहलहरूलाई पनि समर्थन गर्ने तथा निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिलाई सहयोग पुर्‍याउन वित्तीय क्षेत्रको कार्यशैली सुधार गर्न मद्दत पुग्ने विश्व बैङ्कले उल्लेख गरेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP