चैत १२ गते इटहरीमा क्रिकेट म्याच हुँदै, दर्शकलाई टिकट खर्च नलाग्ने

चैत्र १०, २०७८

सुनसरीको इटहरीमा “स्वास्थ्यको लागी खेलकुद, खेलकुदको लागी स्वास्थ्य” भन्ने मूल नाराका साथ क्रिकेट ब्याटल हुने भएको छ ।

बिहीबार इटहरीको होटेल इन टुरिस्टमा पत्रकार सम्मेलन गर्दै चैत १२ गते शनिवार प्रतियोगिता हुने जानकारी दिइएको हो । मारवाडी युवा मञ्च, इटहरीको आयोजनामा इटहरी स्थित ग्लोबल डिभी एम स्कुलको खेल मैदानमा उक्त प्रतियोगिता हुने भएको हो ।

बिहान ७ बजे उद्घाटन हुने प्रतियोगितामा बिर्तामोड, विराटनगर, धरान र दुहबीबाट ८ टिम खेल्न आउने र फाइनल खेल सोही दिन ३:३० बजे हुने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा भाग लीन प्रति टिम ७,५०० रुपैयाँ दर्ता शुल्क रहेको छ ।

उक्त प्रतियोगिताको फर्मेट नकआउट रहने र जित्ने टिमले अगाडीको चरणको खेल खेल्न पाउने छन् ।

प्रत्येक टिमले केवल ६-६ ओवर बलिङ तथा ब्याटिङ गर्ने छन् । विजेता तथा दोस्रो स्थानमा आउने टिमलाई आयोजकको तर्फबाट ट्रोफी, मेडल, सर्टिफिकेट प्रदान गरिने आयोजकले बताएका छन् ।

उक्त प्रतियोगिताको मुख्य प्रायोजक आरती स्ट्रिप्स प्रा ली विशेष प्रायोजक अम्बानी होम सोलुसन ( गर्ग इन्टरप्राइजेज ), सह प्रायोजक मङ्गलम पाइप्पा प्राति क्लासिक मेटरेस, ग्रिन पलाई, डेल्टा टायर, रेड ब्लु इनरजी ड्रिंक र रिसाईयबल चक्र बदाम ड्रिंक रहेका छन् ।

कार्यक्रममा नि:शुल्क प्रवेश गर्न सकिने र प्रतियोगिताको फाइनल खेल पछि दर्शकहरू मध्ये गोला प्रथाबाट एक जना भाग्यशाली दर्शकले ५,०००(पाँच हजार रुपैयाँ) समेत जित्ने प्रतियोगिताका संयोजक निशान्त खेडियाले बताए ।

खेलको माध्यमबाट समाजमा सेवा गर्ने उद्देश्य राखेर आयोजना गरिएको यस प्रतियोगिताको माध्यमबाट इटहरीको दुर्गम क्षेत्रमा पर्ने सरकारी स्कुलमा निःशुल्क सेनेटरी प्याडको वितरण गर्ने उद्देश्य राखिएको आयोजकले जनाएका छन् ।

इटहरी उपमहानगर सगँकाे सहकार्यमा ५ वटा स्कुलमा ३० मिनेटको कार्यक्रम गर्ने जसमा मिनेट १० सुरक्षाकर्मीहरू द्वारा परी आएको खण्डमा व्यक्तिगत सुरक्षा कसरी गर्ने भनेर जानकारी दिने ,१० मिनेट उद्यमशीलता विषयमा जानकारी दिने र १० मिनेट सेनेटरि प्याडको महत्त्व र यसको प्रयोग विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

साथै प्रतियोगिताबाट उठेको रकम इटहरी भित्रका ५ वटा स्कुलका किशोरीहरूलाई ३ महिना पुग्ने सेनेटरी प्याड प्रदान गरिने आयोजकले बत्ताएको छ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP