सुनचाँदीको मूल्य फेरि बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाल सुनको मूल्य तोलाको एक लाख ३०० रुपैयाँ कायम गरेको छ । बुधवार तोलाको ९९ हजार २०० रुपैयाँ थियो ।
यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले तोलाको तोलाको १३ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP