फेरी लेटाङको शिक्षा विकास माविकी एक किशोरीले गरिन आत्महत्या

चैत्र १०, २०७८

मोरङको लेटाङमा आज देखी कफ्र्यू हटेपछि सामान्य अवस्थामा फर्किँदै गरेको छ । तर सामान्य अवस्था बन्दै गर्दा फेरी लेटाङमा अर्को दुखद घटना भएको हो । लेटाङ नगरपालिका-६ कि १७ बर्सिया किशोरी सुनिता वाइबा तामाङ मृत अवस्थामा फेला परेकी छन् । उनी पनि लेटाङ-५ मा रहेको शिक्षा विकास माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी रहेको प्रहरीले बताएको छ । 


उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी प्रहरीले बताएका छन् । घटनास्थलमा अहिले लेटाङ प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गर्दै शवलाई पोस्टमार्टम लागि पठाउने तयारी गरिरहेको बताइएको छ ।

गत आइतबार मात्र सोही विद्यालयका एक शिक्षकले एक छात्रामाथि यौन दुर्व्यवहार गरेको विरोधमा सुरु भएको झडपले उग्र रूप लिँदा एक महिला प्रहरी जवानको ज्यानै समेत गएको थियो । उक्त घटनापछि लेटाङमा सोमबार बिहानबाट लगाइएको कर्फ्यु आज बिहानदेखि पूर्ण रूपमा हटाइएको हो ।

उक्त घटनाबारे विस्तृत जानकारीका लागी अनुसन्धान अघि बढाइएको स्थानीय प्रहरीले बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP