मधेस प्रदेशमा विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

चैत्र १०, २०७८

मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत् लाइन काटिएको हो ।


मधेस प्रदेशका आठ वटै जिल्लास्थित वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन कट्टा गरी रु ६४ करोड ३५ लाख महसुल सङ्कलन गरिएको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयका प्रमुख इ मुनीन्द्र ठाकुरले जानकारी दिएका हुन् ।


यस्तै विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि मधेस प्रदेशमा चालु आर्थिक वर्षको सात महिनामा करिब चार प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ । 


यसरी हेर्दा मधेस प्रदेशमा विद्युत् चुहावट नियन्त्रण अभियानबाट विगत सात महिनाको अवधिमा रु ३४ करोड बराबरको विद्युत् चुहावट घटेको अनुमान गरिएको छ । सो अवधिमा चुहावट नियन्त्रण अभियान अन्तर्गत विद्युत् हुकिङ गर्ने एक हजार ५९० लाई पक्राउ गरी तिनीहरूबाट जरिवाना बापत रु. तीन करोड ४८ लाख राजस्व सङ्कलन भएको प्रमुख इ ठाकुरले बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP