मोरङको लेटाङमा सोमबार बिहानैदेखि जारी गरिएको कफ्र्यू आदेश आजबाट पूर्ण रूपमा हटेको छ । हिजो(बुधवार) केही हदमा खुकुलो पारिएको कर्फ्यु आज बिहान देखी पूर्ण रूपमा हटाइएको हो । अहिले लेटाङको जनजीवन पहिलाको जस्तै सामान्य अवस्थामा फर्कँदै छ ।
स्थानीय एक विद्यालयका शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको विरोधमा भएको झडपका कारण आइतबार बेलुका प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । प्रहरी महिलाको मृत्यु भएपछि सोमबार बिहान देखी प्रशासनले लेटाङमा कर्फ्यु आदेश जारी गरेको थियो । घटनाको छानबिन गर्न एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति समेत गठन गरिएको छ ।
यस्तै विद्यालयमा भएको भौतिक क्षतिको विवरण सङ्कलन गर्न आज एक टोली गठन गर्ने बताइएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP