संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारत भ्रमणका लागि जाँदै छन् । भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लागेका हुन् ।
भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको शुक्रवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको बताइएको छ ।
विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सहभागी हुने कार्यक्रममा मन्त्री आलेले बढीभन्दा बढी पर्यटक भित्र्याउन तथा भारतसँग सिमाना जोडिएका यहाँका विभिन्न विमानस्थलमा हवाई रुट खोल्नेलगायत आवश्यक सहयोगका लागि भारत सरकारसँग आग्रह गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP