अमेरिकी सैन्य गठबन्धन नेटोले रुसले युक्रेनमा आक्रमण सुरु गरेयता अहिलेसम्म उसका १५ हजारसम्म सैनिक मारिएको बताएको छ । नेटोका एक शीर्ष अधिकारीले बुधबार अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीसँगको कुराकानीमा ७ हजारदेखि १५ हजारसम्म रुसी सैनिक मारिएको हुन सक्ने बताएका हुन् ।
त्यस्तै युद्धको क्रममा ३० देखि ४० हजार रुसी सैनिक घाइते भएको हुन सक्ने नेटोका अधिकारीको भनाइ छ । रुसले मार्च २ यता आधिकारिकरुपमा युक्रेनमा मारिएका सैनिकको संख्या खुलाएको छैन । मार्च २ मा उसले युक्रेनमा आफ्ना करिब ५ सय सैनिक मारिएको बताएको थियो ।
रुसले पछिल्लो १ महिनायता निरन्तर युक्रेनमाथि आक्रमण गरिरहेको छ । यो आक्रमणमा ठूलो संख्यामा मानवीय क्षति भएको अनुमान छ । युक्रेनले पनि आफ्ना सैनिकको मृत्युको स्पष्ट संख्या भने उल्लेख गरेको छैन । दुई साताअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना १३ सय सैनिक मारिएको बताएका थिए । रुस र युक्रेनको युद्धले गर्दा नेपालमा पनि ठुलो असर परेको छ । नेपालमा आयत हुने सम्पुर्ण बस्तुहरुको मुल्य ह्वात्तै बढेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP