बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान चैत १५ गते देखि स्वास्थ्य बिमा कार्यक्रमलाई स्थगित गर्ने भएको छ । स्वास्थ्य बिमा बोर्डले लामो समय देखी भुक्तानी नदिदा प्रतिस्ठानले बिमा कार्यक्रम स्थगित गर्ने भएको हो ।
स्वास्थ्य बिमा बोर्डबाट अझै २५ करोडमाथि भुक्तानी लिन बाकी रहेकाले चिकित्सकहरुलाई तलब दिनै समस्या रहेको बताउदै बिमा कार्यक्रमलाई तत्काल स्थगित गर्ने जनाएको हो । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जारी गरेको सूचना अनुसार सरकारले विमितहरुले सेवा लिए बापतको रकम भुक्तानी नदिएको कारण पतिष्ठान सञ्चालनमा समेत समस्या भएको भन्दै स्वास्थ्य बिमाबाट सेवा प्रवाह गर्न नसक्ने जनाएका हुन् ।
स्वास्थ्य बिमा बोर्डलाई पटक-पटक भुक्तानीको लागी पत्राचार गरेपनि प्रतिस्ठानको समस्या समाधान नभएको जनाएको छ । स्वास्थ्य बिमा बोर्डबाट बिमा गरेका विमतिहरूलाई प्रतिष्ठानले २०७४ साउन महिनादेखि सुरु गरेपनि चैत १५ देखी भने अनिश्चित समयको लागि बन्द हुने भएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP