धनुषामा ट्रकको चक्काले किच्दा एक जना बालिकाको मृत्यु भएको छ । मिथिला नगरपालिका(३ हरियरपुर बस्ने दुई बर्सिया स्नेहा थापा मगरको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार मङ्गलवार ना ४ ख २३८९ नम्बरको ट्रकको चक्काले किच्दा मगरको घटनास्थलमै मृत्यु भएको हो ।
चालक निर बहादुरले आफ्नै घर अगाडि ट्रक पार्किङ गरिराखेको थिए । उक्त ट्रक घरबाट लिएर हाइवेतर्फ निस्किने क्रममा खेल्दै गरेकी मगर अचानक ट्रकको चक्कामा पर्न गएकी थिइन् । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP