आज(बुधवार) सुनसरीको इटहरी ५ स्थित पचरुखीमा रहेको जनता बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जनता बहुमुखी क्याम्पस अनेरास्ववियू (क्रान्तिकारी) र नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाकाको साझेदारीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि मदन चुँडाल अन्य अतिथिहरु नेपाल रेडक्रस इटहरी उपशाखा सभापति विमल पौडेल, अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रीय सदस्य बुद्रोस लिम्बु, क्याम्पस प्रमुख आदीको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
जनता बहुमुखी क्याम्पसमा भएको रक्तदान कार्यक्रममा ३९ पिन्ट रगत सङ्कलन भएको अनेरास्ववियू (क्रान्तिकारी) जनता बहुमुखी क्याम्पस इटहरीका अध्यक्ष अर्जुन पौडेलले बताएका छन् । साथै कार्यक्रममा बोल्दै रगत दान गर्ने स्वयंसेवी रक्तदाता लगायत अन्य प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने विद्यार्थी तथा सहयोगीहरूलाई पौडेलले धन्यवाद ज्ञापन गरेका हुन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP