राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्ड बन्द भएको छ । सडक निर्माणको क्रममा सुख्खा पहिरो झरेपछि सडक बन्द भएको हो । सल्यानको कपुरकोट–३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्दै गर्दा माथिबाट सुख्खा पहिरो झरेर बा २ क ८०७७० नम्बरको एक्स्काभेटर पुरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक्स्काभेटर अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् ।
पहिरो झरेको ठाउँमा अर्को एक्स्काभेटर भए पनि सडकको अवरोध हटाउन समस्या भएको र दाङबाट अर्को एक्स्काभेटर ल्याएर पहिरो हटाउने प्रयास भइरहेको छ । दिउँसोसम्ममा सडक सञ्चालनमा आउन सक्ने प्रहरीले जनाएको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP