आज नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो मङ्गलवार को तुलनामा आज ११ सयले घटेको सुनचाँदी महासङ्घले जानकारी दिएको हो ।
हिजो मङ्गलवार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँ पुगेको थियो । यस्तै, तेजाबी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ थियो । आज छापावाल सुनको मूल्य ११ सयले घटेसँगै तोलामा ९९ हजार २०० रुपैयाँमा आइपुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ छ ।
सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो । आज तोलामा २५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP