झापाको बिर्तामोडको एक होटेलमा २२ वर्षीय युवक मृत फेला 

चैत्र ९, २०७८

झापाको बिर्तामोडस्थित नयाँ बसपार्कस्थित एक होटेलमा २२ वर्षीय युवक झुन्डिएको अवस्थामा फेला परेका छन् । बागलुङ घर भएका समीर आचार्य होटेलभित्र कोठामा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । ती युवक अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा रहेको पाँचथर अन्नपूर्ण होटेल एन्ड लजमा सोमबार साँझदेखि बसेको प्रहरीको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट पत्ता लागेको हो ।

साँझसम्म खाना खानलाई नओर्लिएपछि होटेलका स्टाफ बोलाउन माथि जाँदा ढोका बन्द भएको अवस्थामा पाइएको प्रहरीको भनाइ छ । होटेल सञ्चालकको भनाइअनुसार ढोका खोल्दा उनी झुन्डिएको अवस्थामा भेटिएका थिए । घटनाका बारेमा विस्तृत जानकारी पत्ता लाग्न सकेको छैन । प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP