गए राति ९ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका-६ साँगुरीगढी किल्ला नजिक गोलखाडी-भेडेटार भित्री कच्ची सडक खण्डमा भेडेटारबाट गोलाखाडी तर्फ जाँदै गरेको मे १ ज २१६२ नम्बरको सुमो जिप अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको थियो ।
दुर्घटना हुँदा सुमोमा सवार धनकुटाको साँगुरीगढी-७ बस्ने वर्ष १९ कि श्रेया राई गम्भीर घाइते भएकी थिइन् । उपचारको लागी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उनको उपचारको क्रममा गए राति मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उक्त जिप र जिप चालक धनकुटा नगरपालिका-२ बस्ने वर्ष ४१ को सत्यलाल इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रणमा रहेका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP