तदर्थ समिति गठनको माग गर्दै नेविसङ्घ, पार्टी कार्यालयमा रिले अनसन

चैत्र ८, २०७८

नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)मा तदर्थ समिति गठनको माग गर्दै एक समूहले काँग्रेस पार्टी कार्यालय सानेपामा रिले अनसन सुरु गरेको छ ।


नेविसंघ सङ्घर्ष समितिको नाममा पाँच बुँदे माग राख्दै सञ्जय जङ्ग थापा, विवेक बानिया, सूर्य सत्याललगायतका समूहले पार्टी कार्यालयमा रिले अनसन सुरु गरेको हो ।


नेविसंघ अध्यक्ष राजीव ढुङ्गाना काँग्रेस केन्द्रीय सदस्य भएपछि हाल नेविसंघ नेतृत्वविहीन छ ।


काँग्रेसको गत फागुनमा बसेको कार्यसम्पादन समितिको बैठकले नेविसंघ सहितका भ्रातृ सङ्गठनको केन्द्रीय समिति विघटन गरेर तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो । तर अध्यक्षका आकाङ्क्षी धेरै भएपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई तदर्थ समिति गठन गर्न सकेका छैनन् ।


रिले अनसनमा बस्नेहरूले नेविसंघको तदर्थ समिति गठन गर्दा ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न नहुने माग गरेका छन् । नेविसंघले १२ औँ महाधिवेशनदेखि ३२ वर्षे उमेर हद लागू गर्ने विधान बनाएको थियो ।


तदर्थ समिति गठन गर्दा नै उमेर हद लगाउन लागेको भन्दै उनीहरूले विरोध गरेका छन् ।

:अनलाईन खबर

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP