दुई करोड रुपैयाँ ठगीको आरोपमा एक महिला पक्राउ

चैत्र ८, २०७८

ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ घर भएकी ५४ बर्सिया विमला श्रेष्ठ रहेकी छन् ।


महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–१६ बालाजुबाट उनलाई पक्राउ गरेको हो । पीडितको नवलपरासी जिल्लास्थित जग्गा/जमिन खण्डीकरण र बिक्री गरी सो बापत दिनु पर्ने २ करोड ५६ लाख रुपैयाँ नदिई उनी फरार रहेकी थिइन् ।


उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP