नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । पछिल्लो केही दिनयता निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा आठ सयले बढेर एक लाखमाथि पुगेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन सय तोकिएको छ। यसअघि छापावाल सुन ९९ हजार पाँच सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० कायम भएको छ ।
आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । अघिल्लो मूल्यको तुलनामा आज प्रतितोला २० ले बढेर एक हजार तीन सय ९५ कायम भएको महासङ्घले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP