उच्च शिक्षा अध्ययन गरेका युवायुवतीहरू म्यादी प्रहरी बन्न लाइनमा बसिरहेका छन् तर विडम्बना एसएलसी पनि फेल गरेकाहरू भने राजनीतिक पहुँचको भरमा जनप्रतिनिधि बन्ने लाइनमा रहेका छन् ।
अधिकांश युवायुवतीहरू स्नातक तहमा अध्ययनरत तथा उच्च शिक्षा हाँशिल गरेका म्यादी प्रहरी बन्न आएका छन् तर जनप्रतिनिधिहरू भने एसएलसी फेल रहेका छन् । जनप्रतिनिधि हुनका लगी पनि उच्च शिक्षा हाँशिल गरेको उमेद्धार हुनुपर्ने एक युवा बताउँछन् । उनी आधुनियुग सङ्घै विकासका काम पनि आधुनिक रूपमा गर्नुपर्छ जसका लागी एक शिक्षित जनप्रतिनिधि हुन आवश्यक रहेको बताउँछन् ।
आर्थिक स्थिति कमजोर भएका लाखौँ परिवारका युवायुवतीले दिनको ७५६ रुपैयाँका दरले ४० दिनको लागी मात्र तलब दिइने भए पनि घण्टौँ लाइनमा बसेर म्यादी प्रहरीका लागी फारम भर्दै छन् । नेपालमा रोजगारीको अवसर नभएका कारण बेरोजगारीको सिकार भए पछि सीमित समयका लागी भए पनि आफ्नो वा परिवारको केही खाँचो पुरा गर्ने आएको स्नातक तहको दोस्रो वर्ष अध्ययनरत एक छात्रले बताएका छन् ।
अर्का एक युवक पनि प्रहरीमा छिर्न सजिलो हुने साथै तलब पनि आउने भएकाले आवेदन बुजाउन लागेको बताउँछन् । त्यस्तै म्यादी प्रहरीका लागी लाखौँ युवाहरू लाइन बसेको देख्न सकिन्छ, जसमा महिलाहरूको पनि उपस्थिति उच्च नै रहेको देख्न सकिन्छ ।
नेपालमा रोजगारी नभएका कारण जनगणना, म्यादी प्रहरी जस्ता सीमित समयका रोजगारीले पनि आफ्नो पढाई खर्चमा टेवा पुगेको अध्ययनरत युवाहरू बताउँछन् । जनप्रतिनिधिहरू तथा नेताहरूले आफ्नो मान्छेलाई सोर्स फोर्स पुर्याएर राम्रो जागिरमा लगाई दिन्छन्, सरकारले युवाहरूको लागी पनि रोजगारीको व्यवस्था गर्नुपर्ने युवाहरू बताउँछन् ।
म्यादी प्रहरीमा दिनको ७५६ रुपैयाँका दरले ४० दिनको लागी तलब साथै ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ । देशभर एक लाख म्यादी भर्ना गर्ने सरकारले निर्णय गरेको छ । आवेदन सबै जिल्ला प्रहरी कार्यालयमा दिन सकिनेछ । १८ वर्ष पूरा भएका ५४ वर्षसम्मका नागरिकले म्यादीमा आवेदन दिन सक्नेछन् । यसअघिका म्यादी प्रहरी र भूतपूर्व सुरक्षाकर्मीले प्राथमिकता पाउने छन् ।
छनौट भइसकेकालाई एक साता तालिम दिएर खटाइनेछ । म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउने छन् । चैत १५ गतेबाट छनौट सुरु हुनेछ । अन्तिम नतिजा चैत २२ गते प्रकाशन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । छनौट हुनेलाई चैत २८ गतेबाट प्रशिक्षण दिइने बताईएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP