चीनमा विमान दुर्घटना, विमानमा रहेका सबैको मृत्यु भएको आंशका

चैत्र ८, २०७८

चीनमा भएको विमान दुर्घटनाबारे विस्तृत जानकारी अझैसम्म प्राप्त नभएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । सोमबार स्थानीय समय अनुसार दिउँसो २ बजेतिर १३२ जना सवार चिनियाँ विमान दुर्घटनामा परेको थियो ।


१२३ जना यात्रु र चालकदलका ९ सदस्यसहितको चाइना इस्टर्न बोइङ ७३७ चीनको दक्षिणी प्रान्त ग्वाङ्सीमा दुर्घटनाग्रस्त भएको हो । स्थानीय बासिन्दाले विमान सिधै तल खसेको देखेको बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।


विमानमा रहेका सबैको मृत्यु भएको आंशका गरिए पनि हालसम्म कसैको अवस्था बारे स्पष्ट जानकारी नभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । ८ हजार ८६९ मिटरको उचाइमा रहेका बेला विमान दुर्घटनामा परेको हो । त्यसका कारण वन क्षेत्रमा आगलागी समेत भएको थियो ।


दुर्घटना लगत्तै राष्ट्रपति सी जिनपिङले खोजी तथा उद्धारका लागि आदेश दिएको सिन्ह्वाले उल्लेख गरेको छ । युनान प्रान्तको कुनमिङबाट स्थानीय समय अनुसार दिउँसो सवा १ बजेतिर उडान भरेको विमान दिउँसो ३ बजेर सात मिनेट जाँदा ग्वान्झाउ पुग्ने तालिका थियो । तर बिचै विमान दुर्घटनामा परेको हो । अहिले पनि खोजी कार्य जारी रहेको उल्लेख छ । मृतकको बारे अझै पनि स्पष्ट विवरण आउन सकेको छैन ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP