मोरङको कटहरी गाउँपालिका–५ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भने एक जना गम्भीर घाइते छन् । को २९ प ९१९७ नम्बरको मोटरसाइकल हिजो(सोमवार) बेलुका करिब साढे ८ बजे अनियन्त्रित भई घरको भित्तामा ठोक्किए दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।
मोटरसाइकल चालक स्थानीय २२ वर्षीय रबी हजारी थारुको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा सोमबार राति १० बजे मृत्यु भएको जनाइएको छ । घाइते भएका मोटरसाइकलमा पछाडि २६ वर्षीय सत्यनारायण माझीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP