युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्यका लागि भइरहेको वार्ता विफल भएमा तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएका छन् । अमेरिकी समाचार संस्था सीएनएनसँग बोल्दै जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताएका छन् । युद्ध अन्त्यको एक मात्र माध्यम वार्ताहरू भएको उनले बताए हुन । ‘मलाई लाग्छ हामीले कुनै फरम्याट प्रयोग गर्नुपर्छ । मलाई लाग्छ कि हामीले कुनै पनि ढाँचा प्रयोग गर्नुपर्दछ’, उनले भनेका छन् ।
यद्यपि, जेलेन्स्कीले युक्रेनले रुसले समर्थन जनाएको पृथकतावादी क्षेत्रहरूलाई स्वतन्त्र रूपमा मान्यता दिनुपर्ने कुनै पनि सम्झौता अस्वीकार गरेको बताए । आफ्नो देश नेटोको सदस्य नभएको भए रुसले युक्रेनमाथि हमला गर्न नसक्ने दाबी गरे । ‘यदि नेटो सदस्यहरू हामीलाई गठबन्धनमा हेर्न तयार छन् भने, तुरुन्तै गर्नुहोस्,’ उनले भने, ‘किनभने मानिसहरू दैनिक जसो मरिरहेका छन् ।’ :बिबिसि निउज
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP