‘महिला प्रहरीको हत्यामा संलग्नलाई कारबाही गर्ने’ : प्रधानमन्त्री देउवा

चैत्र ७, २०७८

आज(सोमवार) मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा आएका छन् ।  सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै उनले हत्या अपराधमा संलग्नलाई कारबाही गर्ने बताएका हुन । 


मोरङको लेटाङ नगरपालिका-५ कि बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । आइतबार कक्षा ७ मा पढ्ने १२ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेका शिक्षकलाई पक्राउ गर्नका साटो उल्टै प्रहरीले सहयोग गरेको भन्दै प्रहरी माथि स्थानीयले आक्रमण गरेका थिए । घटना असामान्य भएपछि झडप हुँदा महिला प्रहरी उर्मिला श्रेष्ठमा माथि छुरा प्रहार भएको थियो । उनलाई उपचारमा लाने क्रममा निधन भएको प्रहरीले जनाएको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP