प्रहरी अनुसन्धानका क्रममा पलमाथिको अभियोग प्रमाणित हुने प्रमाण जुटाएको प्रहरीको दाबी छ । प्रहरीले पलले किशोरीसँग गरेको कल रेकर्ड, म्यासेजलाई पनि प्रमाणको रूपमा लिएको छ । यसबाहेक पीडितले उजुरीमा लगाएको आरोपलाई विभिन्न कोणबाट पुष्टि गर्ने काम गरेको छ । घटनामा नाम जोडिएका अन्य पात्रहरूसँग पनि प्रहरीले सोधपुछ गरेको छ ।
बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जबरजस्ती करणी (बलात्कार) मुद्दा बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । पलविरुद्ध तीन पटक म्याद थपिएको छ । पहिलो पटक सात दिन, दोस्रो पटक १२ दिन र तेस्रो पटक पाँच दिनको म्याद थपिएको छ । पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा एक १७ बर्सिया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् ।
पलविरुद्ध ०७७ चैत ७ गते गैँडाकोटस्थित एक रिपोर्टमा सुटिङका लागि गएको बेला बलात्कार गरेको भन्दै जाहेरी दिइएको थियो । पलले भने गैँडाकोटमा आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् । गैँडाकोटमा रहेको रिपोर्टमा पल १०१ नम्बरको कोठामा बसेको र पीडित किशोरी १०२ नम्बर कोठामा बसेको बताइएको छ । प्रहरी अनुसन्धानका क्रममा सुटिङ युनिट रिपोर्टमा बसेको पुष्टि भइसकेको छ । पीडित किशोरीले राति ११ बजे आफू बसेको कोठामा आएर पलले बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।
पल प्रकरणमा नेपाली कलाकारका अभिव्यक्ति समेत विवादमा पर्दै आएका छन् । पछिल्लो समय पल प्रकरणमा अनावश्यक भ्रम फैलाउने काम गरेको भन्दै प्रहरीले युटुवर, निउज च्यानलहरू विरुद्ध समेत कारबाही अगाडी बढाएको थियो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP